बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एचआईभी एड्स नियन्त्रणमा नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : स्वास्थ्यमन्त्री 

एचआईभी एड्स नियन्त्रणमा नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : स्वास्थ्यमन्त्री 

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले एचआईभी एड्स संक्रमण नियन्त्रणमा नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन्। 
 |  मंगलबार, मंसिर १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १६, २०७७

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले एचआईभी एड्स संक्रमण नियन्त्रणमा नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन्। 

विश्व एड्स दिवसका अवसरमा मंगलबार ढकालले सन् १९९० को दशकमा विश्वयापी महामारीको रुपमा रहेको एड्सको संक्रमण नियन्त्रणमा नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताएका हुन्।  

विश्वले सन् २०१० देखि २०१९ सम्म एड्सको कारणले हुने मृत्युदर ३९ प्रतिशतले घटाएकोमा नेपालले ८५ प्रतिशतले घटाएको मन्त्री ढकालको दाबी छ। 

नयाँ संक्रमणको दर विश्वले २३ प्रतिशतले घटाउँदा नेपालले ६४ प्रतिशतले घटाउन सफल भएको ढकालेको भनाइ छ। 

उनले दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्ममा एड्सको महामारी अन्त्य गर्ने प्रतिबद्धताका साथ योजनाबद्ध रुपमा काम अगाडि बढाएको बताए। 

कोरोना महामारीले एचआईभी संक्रमित र एचआईभी सर्न सक्ने जोखिम समूहलाई स्वास्थ्य सेवा पहुँचमा अफ्ठ्यारो र चुनौती सिर्जना गरेको मन्त्री ढकालले बताए। 

मन्त्री ढकालले एचआईभी संक्रमितलगायत उनीहरूको परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको पनि जानकारी दिए। 

प्रकाशित: Dec 01, 2020| 07:39 मंगलबार, मंसिर १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।