बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गुलबसा हत्या प्रकरण : प्रहरीमाथि नै थालियो अनुसन्धान 

गुलबसा हत्या प्रकरण : प्रहरीमाथि नै थालियो अनुसन्धान 

महोत्तरीको बर्दिबासकी ६ वर्षीया बालिका गुलबसा खातुनको अपहरणपछि हत्या भएको प्रकरणमा प्रहरीमाथि नै अनुसन्धान सुरु गरिएको छ । 
 |  मंगलबार, मंसिर १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १६, २०७७

पर्सा- महोत्तरीको बर्दिबासकी ६ वर्षीया बालिका गुलबसा खातुनको अपहरण गरी हत्या भएकाे प्रकरणमा प्रहरीमाथि नै अनुसन्धान सुरु भएको छ। 

बालिका हत्यामा प्रहरीको समेत हात रहेको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय बर्दिबासका दुई प्रहरीमाथि अनसुसन्धान सुरु गरेको हो। 

बालिका हत्यामा सई वीरेन्द्र सिंह र हवल्दार फुलगेन मण्डलको समेत हात रहेको स्थानीयले आारोप लगाएपछि उनीहरु दुवैजनालाई जिल्ला प्रहरी कार्यालय जलेश्वर तानेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
 
महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १४ शुभम् वस्तीबाट बेपत्ता भएकी शहीद आलमकी छोरी गुलाब साह खातुनको शव मंसिर ८ गते मध्यरातमा फेला परेको थियो। 

मंसिर ६ गते बस्तिबाटै हराएकी उनकाे शव हत्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा फेला परेको थियो 

बालिका हत्याको आरोपमा अरुण साह पक्राउ परेका छन्। हत्यारामाथि कडा कारबाहीको माग गर्दै स्थानीयले प्रदर्शन गरेका थिए। त्यस क्रममा प्रहरीको गोली लागेर स्थानीय सञ्जय न्यौपानेको ज्यान समेत गएको थियो।

प्रकाशित: Dec 01, 2020| 06:59 मंगलबार, मंसिर १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।