बिहीबार, भदौ २५, २०८३

एन्टिजेनबाट परीक्षण सुरु, आधा घण्टामा रिपोर्ट  

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सोमबारबाट एन्टिजेन विधिबाट कोरोना परीक्षण सुरु गरेको छ।
 |  मंगलबार, मंसिर १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १६, २०७७

काठमाडौं– स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सोमबारबाट एन्टिजेन विधिबाट कोरोना परीक्षण सुरु गरेको छ।

महाशाखाले उपत्यकालाई ‘हटस्पट’ मान्दै काठमाडौंका विभिन्न स्थानमा सोमबारबाट एन्टिजेन विधि परीक्षण शुरु गरेको हो। ५०० भन्दा बढी केस भएका स्थानलाई हटस्पट मानेर परीक्षण गरिएको महाशाखाले जनाएको छ। 

पहिलो दिन करीब ७०० जनाको परीक्षण गर्दा ४१ जनाको रिपोर्ट पोजेटिभ आएको छ।  

महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार पोजेटिभ रिपोर्ट आएका सबैको पुनः पीसीआर गरेर ‘क्रस’ जाँच गर्ने तयारी गरिएको छ। एन्टिजेन परीक्षणमा ८५ प्रतिशत नतिजा मिल्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ। 

महाशाखाले काठमाडौंको कोटेश्वर, धुम्बाराही, विशालनगर, चाबहिल, मित्रपार्क, बालाजु क्षेत्रमा एन्टिजेन परीक्षण गरिएको डा. पाण्डेले जानकारी दिए। 

एन्टिजेनबाट २० देखि बढीमा ३० मिनेटमै रिपोर्ट आउँछ।  डा. पाण्डेका अनुसार संक्रमितको सम्पर्कमा आएकालाई स्थानीय तहको सहयोगमा एन्टिजेनबाट परीक्षण गरिने छ। 

उपत्यकाबाट सुरु भएको परीक्षणलाई देशव्यापी बनाउने निर्देशक पाण्डेले नेपाल समयलाई जानकारी दिए। 


 

प्रकाशित: Dec 01, 2020| 06:55 मंगलबार, मंसिर १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।