बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भक्तपुरमा ट्राफिक आइल्यान्डमा स्कुटर ठोक्किँदा युवकको मृत्यु 

भक्तपुरमा ट्राफिक आइल्यान्डमा स्कुटर ठोक्किँदा युवकको मृत्यु 

 भक्तपुरको मध्यपुर ठिमी–४ एसएस चोकनजिकको ट्राफिक आइल्यान्डमा स्कुटर ठोक्किँदा एक युवकको मृत्यु भएको छ। 
 |  मंगलबार, मंसिर १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १६, २०७७

भक्तपुर- भक्तपुरको मध्यपुर ठिमी–४ एसएस चोकनजिकको ट्राफिक आइल्यान्डमा स्कुटर ठोक्किँदा एक युवकको मृत्यु भएको छ। 

बा७३प ३८२ नम्बरको स्कुटर सोमबार मध्यराति दुर्घटना हुँदा मध्यपुर ठिमी नगरपालिका–९ राधेराधेका २९ वर्षीय राजु तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। 
 
प्रहरीका अनुसार मृतक तामाङ भक्तपुरबाट काठमाडौं आउँदै थिए। काठमाडौं आउँदै गर्दा सोमबार राति साढे ११ बजे अनियन्त्रित भएर ट्राफिक आइल्यान्डमा ठोक्किएका थिए। 

दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई मध्यपुर अस्पतालमा सामान्य उपचारपछि नर्भिक अस्पताल लगिएको थियो। नर्भिक पुर्‍याउँदा डाक्टरले तामाङलाई मृत घोषणा गरेका थिए। 

प्रकाशित: Dec 01, 2020| 05:35 मंगलबार, मंसिर १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।