बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपाको सचिवालय बैठक आज, दुई अध्यक्षकै प्रतिवेदनमाथि छलफल हुने

नेकपाको सचिवालय बैठक आज, दुई अध्यक्षकै प्रतिवेदनमाथि छलफल हुने

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्ने बैठकमा दुई अध्यक्षको प्रतिवेदनमाथि छलफल हुने भएको छ ।
 |  मंगलबार, मंसिर १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १६, २०७७

काठमाडौं- आन्तरिक विवादमा फसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । 

प्रधानमन्त्री निवास बुलाटारमा दिउँसो १ बजे बस्ने बैठकमा दुई अध्यक्षको प्रतिवेदनमाथि छलफल हुने भएको छ ।

यसअघि बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनेर तयर गरिएको थियो । प्राविधिक समस्या भन्दै बैठक बालुवाटारमा बस्न लागेको हो । 

गत कात्तिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै राजनीतिक प्रस्ताव पेश गरेका थिए।

ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा प्रचण्डले लगाएको आरोपको जवाफसहितको राजनीतिक प्रतिवेदन पेश गरेका थिए । 

आरोपसहितको राजनीतिक प्रतिवेदन फिर्ता लिने की छलफल गर्ने भन्ने विषयमा नेकपा भित्र बहस चलेपनि दुबै अध्यक्ष आफ्नो प्रतिवेदन फिर्ता नलिने अडानमा छन् ।

उक्त प्रतिवेदनमाथि आज छलफल हुने एक सचिवालय सदस्यले नेपाल समयलाई जानकार दिए । उनका अनुसार प्रतिवेदन फिर्ता हुने सम्भावना कमजोर छ । 
 
कात्तिक मसान्तदेखि नै अध्यक्षद्वय ओली र प्रचण्डबीच ‘वान टु वान’ संवाद भएको छैन। 

प्रकाशित: Dec 01, 2020| 04:46 मंगलबार, मंसिर १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।