बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाँकेमा गाउँलेहरुबीच कुटाकुट : एक जनाको मृत्यु, ९ घाइते 

बाँकेमा गाउँलेहरुबीच कुटाकुट : एक जनाको मृत्यु, ९ घाइते 

पुरानो रिसिबीलाई लिएर यादव र गुप्ता समूह बीच भएको  झडपमा परि  स्थानीय ५४ वर्षीय धनिराम यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । 
 |  मंगलबार, मंसिर १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १६, २०७७

नेपालगन्ज- बाँकेको जानकी गाउँपालिका वडा नं ५ बनियाँ गाउँमा दुई समुहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् ।

पुरानो रिसिबीलाई लिएर यादव र गुप्ता समूह बीच भएको  झडपमा परि  स्थानीय ५४ वर्षीय धनिराम यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । 

उनको बेलुका ८ बजेतिर नेपालगञ्ज नरसिंह कलेजमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुवास खड्काले जानकारी दिए।  उनका अनुसार मृतक यादवको टाउकोमा गहिरो चोट लागेको थियो। 

पूर्णिमाको अवसरमा सोमबार बेलुका लागेको मेलामा दुई समुहबीच झडप भएको हो । प्रहरीका अनुसार मेलामा पुगेका नरेश गुप्तामाथि यादब समुहले कुटपिट गरेको थियो । 

त्यसपछि थप दलबलसहित पुगेका दूई समुहका बीचमा लाठी, भाटाको प्रयोग गरी कुटाकुट भएको थियो । दोहोरो झडमा परेर ९ जना घाइते भएका छन् । घाइतेहरुको बाँकेका विभिन्न अस्पतालमा उपचार भइराखेको छ ।

यसैबीच प्रहरीले घटनामा संलग्न दुबै समुहका गरि ११ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। झडपमा संलग्न रहेका मध्य केही फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।  

प्रकाशित: Dec 01, 2020| 03:39 मंगलबार, मंसिर १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।