बिहीबार, भदौ २५, २०८३

तरकारी बोकेको पिकअप दुर्घटना, दुई जनाको मृत्यु

इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 
 |  मंगलबार, मंसिर १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १६, २०७७

इलाम- इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

तरकारी बोकेर राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको पिकअप सोमबार साँझ दुर्घटना हुँदा माईनगरपालिका–९ का दिनेश लिम्बू र पहिचान खुल्न नसकेका अर्का एकजनाको मृत्यु भएको हो । 

इलामका प्रहरी प्रमुख नवीनराज राईका अनुसार दुर्घटनामा परी सचिन राई र विकास तामाङ घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि इलाम अस्पताल लगिएको छ । 

को२च १५ नंको पिकअप तरकारी बोकेर झापातर्फ जाँदै गरेको थियो ।

प्रकाशित: Dec 01, 2020| 01:37 मंगलबार, मंसिर १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।