बिहीबार, भदौ २५, २०८३

मौसम अपडेट : देशभर वायुको तापक्रम घट्यो

देशका धेरै स्थानमा वायुको तापक्रममा गिरावट आएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
 |  मंगलबार, मंसिर १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १६, २०७७

काठमाडौं- देशका धेरै स्थानमा वायुको तापक्रममा गिरावट आएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज मंगलबार, भोलि बुधबार र पर्सी बिहीबारको मौसम बुलेटिन जारी गर्दै महाशाखाले तराई भूभागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

अहिले उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको र हाल देशभरको मौसम सामान्यतया सफा रहेको महाशाखाले बताएको छ।

तीन दिनको मौसम पूर्वानुमान

मंसिर १६ गते मंगलबार

देशभर मौसम सामान्यतया सफा रहनेछ । 

मंसिर १७ गते बुधबार

बागमती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानहरुमा  मौसम सामान्यतया सफा रहनेछ। 

मंसिर १८ गते बिहीबार

गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। बाँकी स्थानहरुमा  मौसम सामान्यतया सफा रहनेछ। 

प्रकाशित: Dec 01, 2020| 01:05 मंगलबार, मंसिर १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।