बिहीबार, भदौ २५, २०८३

विदुरको शुभघाटमा औद्योगिक ग्राम बनाइने

नुवाकोटको विदुर नगरपालिका–१० स्थित शुभघाटमा औद्योगिक ग्राम सञ्चालन गरिने भएको छ। 
 |  सोमबार, मंसिर १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०७७

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका–१० स्थित शुभघाटमा औद्योगिक ग्राम सञ्चालन गरिने भएको छ। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको औद्योगिक ग्राम घोषणा तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७५ को दफा ३ अनुसार २०७६ साल पुस ७ गते बसेको नगरपालिकाको बैठकको शुभघाटको कित्ता नं १२८६ मा औद्योगिक ग्राम निर्माण गर्ने निर्णय गरेको थियो।

सोही निर्णयानुसार ०७६ साल माघ २६ मा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, वाग्मती प्रदेशलाई उक्त जग्गाको उपयुक्तताका साथै कार्यपालिकाको निर्णयसहित नगरपालिकाले पत्राचार गरी पठाएको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जानकारी दिए।

प्रमुख पण्डितका अनुसार नगरपालिकाबाट पठाएको पत्राचारलाई समन्वय गरी उद्योग मन्त्रालय, वाग्मती प्रदेशले ०७६ माघ २८ गते उद्योग, मन्त्रालयलाई सिफारिससम्बन्धी सहमति पत्रसमेतका आधारमा जिल्लाको नापीबाट फिल्डबुक, ट्रेस एवं ब्लु प्रिन्ट नक्सा झिकाई पत्राचार गर्दा उक्त जग्गा सुकुम्वासी आयोगले विसं २०५८ मा कित्ताकाट गरी पुनः कित्ता नं ९६२ क्षे.फ. करीब १६३–०–०–० कायम रहेको मालपोत कार्यालय नुवाकोटको प.सं. ०७७/७८ च.नं ४२३ मा गत महिनाको भदौ १८ गतेको पत्रचार गरी पठाएको थियो।

उनले उक्त जग्गा घना मानव वस्तीभन्दा एक किमी र अन्तर्राष्ट्रिय सीमाभन्दा २०० सय मीटरभन्दा बढीको दूरीमा रहेको बताए।

स्थानीय स्रोतसाधन, कच्चापदार्थ, प्रविधि र सीपको परिचालन गरी साना लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गरी उद्योगको स्थापना, विकास र प्रवद्र्धन गरी बेरोजगार युवायुवतीलाई रोजगारको सिर्जना गर्नाका साथै स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउँदै लान नगरमा छरिएर रहेको उद्योगलाई एकीकृत गरी व्यवस्थित गर्दै उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि औद्योगिक ग्रामको स्थापना हुन जरुरी रहेको उनको भनाइ छ। रासस

प्रकाशित: Nov 30, 2020| 14:35 सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।