बिहीबार, भदौ २५, २०८३

विश्वराज पोखरेल एआइजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएका छन्। 
 |  सोमबार, मंसिर १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०७७

काठमाडौं- नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएका छन्। 

सोमबार बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआइजीमा बढुवाको सिफारिस गरेको हो। 

डिआइजी पोखरेल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन्। यसअघि सरकारले नेपाल प्रहरीको संगठनात्मक संरचना (ओएण्डएम) स्वीकृत गर्दै नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजी को दरबन्दी थप्ने निर्णय गरेको थियो।

एआइजी बढुवा सिफारिस भएसँगै रिक्त ३ र थप गरिएको ५ डिआइजीमा पनि बढुवाको तयारी अघि बढाइएको छ। 

पोखरेल एआइजीमा सिफारिस भएपछि रिक्त हुने अर्को एक डिआइजीसमेत गरेर अब ९ जनालाई डिआइजीमा बढुवा गरिने छ।

एआइजीमा सिफारिस भएका पोखरेल अहिलेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीपछि प्रहरीको नेतृत्वमा पुग्ने निश्चित भएको छ।

प्रकाशित: Nov 30, 2020| 14:03 सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।