बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारलाई स्वास्थ्यका २३ ट्रेड युनियन तथा पेशागत संगठनको चेतावनी- अब आन्दोलनमा उत्रन्छौं

सरकारलाई स्वास्थ्यका २३ ट्रेड युनियन तथा पेशागत संगठनको चेतावनी- अब आन्दोलनमा उत्रन्छौं

सरकारले आफूहरूका मागप्रति बेवास्ता गरेको भन्दै स्वास्थ्यका क्रियाशील २३ ट्रेड युनियन तथा पेशागत संगठनले आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।
 |  सोमबार, मंसिर १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०७७

काठमाडौं। सरकारले आफूहरूका मागप्रति बेवास्ता गरेको भन्दै स्वास्थ्यका क्रियाशील २३ ट्रेड युनियन तथा पेशागत संगठनले आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त संस्थाहरूले स्वास्थ्यकर्मीले उठाएका पेशागत हकहितका विषयहरू सम्बोधन नभए जनतालाई आह्वान गरी आन्दोलनका कार्यक्रम गर्ने जनाएका हुन्।

कोरोनालगायत जनताको अन्य जटिल रोगको सम्पूर्ण उपचार राज्यले निःशुल्क गर्नुपर्ने, आईसीयू र भेन्टिलेटरलगायत उपकरणको संख्या बढाउनुपर्ने, कोरोनाको परीक्षण, उपचारको दायरा बढाउनुपर्ने, स्वास्थ्यकर्मीलाई दिइने भनिएको जोखिम भत्ता, बीमालगायतका सुविधा सहज तरिकाले उपलब्ध गराउनुपर्ने, निश्चित मापदण्डका आधारमा सबै स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनको व्यवस्था हुनुपर्नेलगायतका मागहरू स्वास्थ्यकर्मीले राखेका छन्।

विज्ञप्तिमा स्वास्थ्यकर्मीका मागहरूप्रति स्वास्थ्य संगठनहरूले पटक-पटक स्वास्थ्य मन्त्रालयमा सम्बोधनका लागि अनुरोध गर्दा पनि त्यसतर्फ सरकारले ध्यान नदिइएको जनाइएको छ।

सरकारले अब पनि स्वास्थ्यकर्मीका मागहरूलाई सम्बोधन नगरे सडक आन्दोलनमा उत्रनुको विकल्प नभएको विज्ञप्तिमा उल्लेख छ।

यसअघि ट्रेड युनियन तथा पेशागत संगठनले मंसिर ७ मा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई स्वास्थ्यका १९ वटा संगठनहरूले १८ बुँदे ज्ञापनपत्र बुझाएका थिए।  

साथै हालसम्म पनि सरकारले स्वास्थ्यकर्मीको मागमा कुनै चासो नदेखाएकोप्रति ट्रेड युनियन तथा पेशागत संगठनहरूले ध्यानाकर्षण भएको जनाएका छन्। 

प्रकाशित: Nov 30, 2020| 12:47 सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।