बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कृषि विकास बैंक ह्याकिङ प्रकरणका फरार अभियुक्त पक्राउ

कृषि विकास बैंक ह्याकिङ प्रकरणका फरार अभियुक्त पक्राउ

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले धादिङ रुबिभ्याली गाउँपालिका-१ का ५४ वर्षीय खम्ब घलेलाई स्वयम्भूबाट पक्राउ गरेको हो।
 |  सोमबार, मंसिर १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०७७

काठमाडौं- कृषि विकास बैंक मुख्य कार्यालय तथा शाखा कार्यालय न्यूरोड काठमाडौंबाट बैंकको वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखेर भुक्तानी लिई फरार रहेका एक अभियुक्त पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले धादिङ रुबिभ्याली गाउँपालिका-१ का ५४ वर्षीय खम्ब घलेलाई स्वयम्भूबाट पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिलाई संगठित अपराधसमेतको कसूरमा कारबाहीका लागि काठमाडौं जिल्ला अदालतमा पठाइएको छ। 

अपराधिक समूहका व्यक्तिहरूले संगठितरूपमा विभिन्न व्यक्तिहरूको खातामा रकम रकमान्तर गरी भुक्तानी लिएका थिए। 

७ असोज २०७६ मा बैंकको मौज्दातबाट विभिन्न अपराधिक व्यक्तिहरूको समूहले बैंकको वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखेर चार करोड ८८ लाख ४६ हजार रूपैयाँ रकमान्तर गरेर भुक्तानी लिएका थिए।

महाशाखाबाट घटनाको अनुसन्धान गर्दा श्रवनकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पन्जालगायतका व्यक्तिहरू पक्राउ परेका थिए।

प्रकाशित: Nov 30, 2020| 11:40 सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।