बिहीबार, भदौ २५, २०८३

प्रदेश १ मा २२६ संक्रमित थपिए, १०२ डिस्चार्ज

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २२६ जना कोरोना संक्रमित थपिएका छन्। १ हजार ५३ जनाको पीसीआर परीक्षण गर्दा ९० महिला र १३६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। 
 |  सोमबार, मंसिर १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०७७

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा २२६ जना कोरोना संक्रमित थपिएका छन्। १ हजार ५३ जनाको पीसीआर परीक्षण गर्दा ९० महिला र १३६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। 

मोरङमा ७६, सुनसरीमा ४८, झापामा ४५, ताप्लेजुङमा २१, उदयपुरमा ९, इलाम र धनकुटामा ५–५, संखुवासभा, ते¥हथुम, भोजपुर र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

विराटनगरमा ४९, बुढीगंगामा ६, पथरीशनिश्चरेमा ४, उर्लाबारी र बेलबारीमा ३–३, सुन्दरहरैचा र कानेपोखरीमा २–२, रंगेली, ग्रामथान र लेटाङमा १–१ र स्थानीय तह नखुलेका ४, सुनसरीको धरानमा १७, इटहरीमा १६, इनरुवा र बराहक्षेत्रमा ४–४, कोशी गाउँपालिकामा २, बर्जु, दुहवी, रामधुनी, गढी र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

त्यसैगरी झापाको भद्रपुरमा १०, विर्तामोडमा ९, कनकाईमा ७, शिवसताक्षीमा ४, दमक र बुद्धशान्तिमा ३–३,  मेचीनगर, अर्जुनधारा, गौरादह र झापा गाउँपालिकामा २–२, र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ।  

उता ताप्लेजुङको फुङलिङमा १३, पाथीभरा याङवरकमा ८, उदयपुरको चौदण्डीगढीमा ५, त्रियुगामा २, कटारी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा २, सुर्योदय, देउमाई र मांसेबुङमा १–१ जना संक्रमित थपिएका छन्।

धनकुटाको धनकुटा नगरपालिका र महालक्ष्मीमा २–२, शहिदभूमीमा १, संखुवासभामा १, तेह्रथुमको म्याङलुङमा १, भोजपुरमा १, पाँचथरको फिदिममा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ हजार २६२ पुगेको छ।

प्रदेश १ मा सोमबार १०२ जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट १ सय र न्युरो अस्पतालबाट २ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार २८५ पुगेको छ।

प्रकाशित: Nov 30, 2020| 11:44 सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।