काठमाडौं- देशभर ४३३ कोरोना संक्रमित विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत छन्। जसमध्ये ५८ जना भेन्टिलेटरमा र ३७५ जना संक्रमित आईसीयूमा उपचाररत रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
प्रदेश १ मा ३२ जना आईसीयू र ६ जना भेन्टिलेटरमा, प्रदेश २ मा ४ आईसीयू र एकजना भेन्टिलेटर, बागमतीमा १५९ जना आईसीयू र ३५ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांक छ।
त्यस्तै गण्डकी प्रदेशमा ९४ जना आईसीयू र ११ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ७२ जना आईसीयू र तीनजना भेन्टिलेटरमा, कर्णाली प्रदेशमा ९ आईसीयूमा र सुदूरपश्चिममा ५ आईसीयूमा र दुईजना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएकाे छ।
हाल १७ हजार ४२३ जना सक्रिय संक्रमितमध्ये ११ हजार ८१४ जना संक्रमित होम आइसोलेसनमा छन्।