बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्न डाक्टर काममा फर्किए

वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्न डाक्टर काममा फर्किए

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इन्टर्न डाक्टरका मागका सम्बन्धमा पदाधिकारीबीच भएको सहमति भएपछि चिकित्सकहरु काममा फर्किएका छन्। 
 |  सोमबार, मंसिर १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०७७

काठमाडौं– वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इन्टर्न डाक्टरका मागका सम्बन्धमा पदाधिकारीबीच भएको सहमति भएपछि चिकित्सकहरु काममा फर्किएका छन्। 

शनिबारदेखि आकस्मिकबाहेकका सबै सेवा छोडेर आन्दोलित चिकित्सक र पदाधिकारीबीच ११ बुँदे सहमतिपछि चिकित्सकहरुले आन्दोलन टुंग्याएका हुन्। 

चिकित्सकहरु आन्दोलन गर्न थालेपछि प्रतिष्ठानले ३ सदस्यीय वार्ता समिति गठन गरेको थियो। वार्तामा इन्टर्नसीप सुरु भएकै दिनदेखि लागू हुनेगरी प्रति महिना १८ हजार ५ सय कायम गर्ने सहमति भएको छ। चिकित्सकहरुलाई सुरक्षा सामग्री प्रदान गर्ने, लक्षण देखिएका चिकित्सकलाई निःशुल्क पीसीआर परीक्षण गर्ने  सहमति भएको छ। 

साथै प्रत्येक विभागमा नाइट ड्युटीमा खटिएका इन्टर्न डाक्टरहरुलाई पोष्टिङ सकिएपपछि प्रति नाइट ड्युटीको जुनियर रेसिडेन्ट, स्टाफहरुले पाएबमोजिम खाजाभत्ता उपलब्ध गर्ने लगायतका ११ वटा बुँदामा सहमति भएको छ। 

प्रतिष्ठानमा शनिबार २०० जना इन्टर्न चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि आकस्मिकबाहेक अन्य सेवा ठप्प भएको थियो। 

प्रकाशित: Nov 30, 2020| 08:59 सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।