बिहीबार, भदौ २५, २०८३

भन्सार छलेर सुन ल्याएको आरोपमा २ जना पक्राउ

महानगरीय अपराध महाशाखाको टोलीले भन्सार छलेर चोरी निकासी गरी सुन ल्याएको अभियोगमा २ जनालाई पक्राउ गरेको छ। 
 |  सोमबार, मंसिर १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०७७

काठमाडौं– महानगरीय अपराध महाशाखाको टोलीले भन्सार छलेर चोरी निकासी गरी सुन ल्याएको अभियोगमा २ जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा कोटेश्वरस्थित स्काई ज्वेलर्स सञ्चालक काठमाडौं महानगरपालिका–३२ बस्ने तेह्रथुम छथर गाउँपालिका–४ घर भएका ३२ वर्षीय कुमार सेन्चुरी र काठमाडौं महानगरपालिका–१५ बस्ने रामेछाप दोरम्बा गाउँपालिका–४ घर भएका ३२ वर्षीय गंगा बहादुर मगर छन्।

विशेष सूचनाको आधारमा काठमाडौं महानगरपालिका–९ सिनांमगलबाट गंगा बहादुरलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उनको  साथबाट नगद ११ लाख ८६ हजार ५०० रुपैयाँ फेला परेको थियो।

हिरासतमा राखेर थप अनुसन्धान गर्ने क्रममा राजश्व छलेर ल्याएको सुनका बालाहरु कोटेश्वरस्थित स्काई ज्वलेर्स सञ्चालक कुमारलाई बिक्री गर्ने गरेको भन्ने खुलेपछि ज्वेलर्सबाट करिब १४९ दशमलव ९५ ग्राम बराबरको ३ थान सुनको बालासहित कुमारलाई समेत पक्राउ गरिएको महाशाखाले जनाएको छ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ।

प्रकाशित: Nov 30, 2020| 08:31 सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।