काठमाडौं– सोमबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले ओरालो लागेको छ।
आइतबार ९० हजार ७०० मा कारोबार भएको सुनको मूल्य आज तोलामा ९० हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तेजाबी सुनको मूल्य भने ६५० रुपैयाँले घटेको छ। तेजाबी सुन आइतबार ९० हजार २०० मा कारोबार भएको थियो। आज, सोमबार ८९ हजार ५५० तोकिएको छ।
चाँदीको मूल्य पनि घटेको छ। आइतबार एक हजार १५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार १२० रुपैयाँ तोकिएको छ।
मंसिर ३ गतेदेखि बजार खुलेको थियो। यो अवधिमा सुनको मूल्य करिब पाँच हजारले घटिसकेको छ।