काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको नवनियुक्त कार्य समितिको पहिलो बैठकले पशुपति मुरारकालाई विशिष्ट सदस्यमा नियुक्त गरेको छ।
त्यस्तै महासंघको आइतबार बसेको पहिलो बैठकले किशोर प्रधानलाई मानार्थ सदस्यमा नियुक्त गरेकाे हाे।
प्रधान वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालसँग पराजित भएका व्यक्ति हुन्।
महासंघको निर्वाचनका बेला प्रधानको प्यानललाई अध्यक्ष शेखर गोल्छा र मुरारकाले सहयोग गरेको थियो।
आइतबार बसेको बैठकले कोषाध्यक्षको नियुक्त गर्ने प्रस्ताव गोल्छाले ल्याए पनि एकलौटी ढंगबाट गरिएको निर्णय भन्दै ढकाल समूहले विरोध गरेपछि नियुक्ति हुन सकेन।
अर्काे बैठकले कार्य समिति सदस्यमध्येबाट कोषाध्यक्ष छनोट गर्नेछ। बैठकले कोषाध्यक्षमा डीबी बस्नेत वा सकुन्तलाल हिराचनमध्ये एक जनालाई नियुक्त गर्ने सम्भावना छ।