बिहीबार, भदौ २५, २०८३

एम्बुलेन्स दुर्घटनामा बिरामीको मृत्यु, चालक फरार

विराटनगर– विराटनगर –४ कञ्चनबारीमा सोमबार बिहान एम्वुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्। 
 |  सोमबार, मंसिर १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०७७

विराटनगर– विराटनगर –४ कञ्चनबारीमा सोमबार बिहान एम्वुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्। 

सप्तरीबाट विराटनगर ल्याइँदै गरेका बिरामीको दुर्घटनामा मृत्यु भएको हो। एम्बुलेन्समा सवार अन्य तीन जना घाइते भएका छन्। 

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार सप्तरीबाट बिरामी बोकेर विराटनगरतर्फ आएको स १ च ११२२ नम्बरको एम्बुलेन्स एनएल ०१ एल ०३३६ नम्बरको भारतीय लहरीमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको हो। 

बिग्रिएको भनेर राजमार्गको सडकमा लहरी रोकेर राखेको खुलेको छ। एसपी खड्काका अनुसार दुर्घटनामा सप्तरीको तिलाठी कोइलाडी –२ का ६५ वर्षीय नुनुलाल मण्डलको मृत्यु भएको हो।

एम्बुलेन्स लहरीमा ठोक्किएपछि भएको दुर्घटनामा परेर गम्भीर घाइते हुन पुगेका उनको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ। 

एम्बुलेन्समा सवार तिलाठी कोइलाडीकै ३० वर्षीय जितेन्द्र मण्डल, ५० वर्षीय रामसुन्दर मण्डल र ४५ वर्षीय भोलिदेवी मण्डल घाइते भएका छन्। तीनै जना घाइतेको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। 

प्रहरीका अनुसार एम्बुलेन्स चालक हरिनारायण यादव फरार रहेका कारण खोजी तीव्र पारिएको छ । 

प्रहरीले लहरीका चालक पनि फरार भएका कारण खोजी थालिएको जनाएको छ । 


 

प्रकाशित: Nov 30, 2020| 03:41 सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।