बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एकैपटक ३९६ स्थानीय तहमा अस्पताल बनाइने, आज शिलान्यास

एकैपटक ३९६ स्थानीय तहमा अस्पताल बनाइने, आज शिलान्यास

पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले आज एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्दैछ। ​
 |  सोमबार, मंसिर १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०७७

काठमाडौं- पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले आज एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्दैछ। ​

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ पालिकामा पाँचदेखि १५ शैय्याको अस्पताल बनाउने गरी आज शिलन्यास गर्न लागिएको हो । 

यस्तै सरकारले आजै सातवटै प्रदेशमा सरुवा रोग अस्पतालको शिलन्यास गर्दैछ । सातवटै प्रदेशमा ५० श्ययाको सरुवा रोग अस्पतालको भवन शिलान्यास गर्न लागिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । 

सरुवा रोगका बिरामीले प्रदेशमा सेवा पुर्याउने उद्देश्यले सरकारले यसै आर्थिक वर्षमा अस्पतालका लागि बजेट विनियोजन गरेको थियो। अहिले सङ्घमा एकमात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रहेको छ। 

कोरोनाको महामारीपछि सबै प्रदेशमा सरुवा रोग अस्पतालको आवाश्यकता महशुस गरेको सरकारले हरेक स्थानीय तहमा अस्पताल खडा गर्ने गरी आज शिलन्यास गर्न लागेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले बताए । 

उनका अनुसार पालिकामा बन्ने अस्पताल भवनको सङ्घीय सांसद र पालिकाका प्रमुखले पनि शिलान्यास गर्नेछन्।

७५३ पालिकामध्ये ६४९ पालिकामा अस्पताल नै  छैनन् । तीमध्ये पहिलो चरणमा ३९६ पालिकामा अस्पतालको भवन शिलान्यास गर्न लागिएको हो।

प्रदेश नं १ मा ३२ पालिकामा, प्रदेश नं २ मा २० पालिका, वाग्मती प्रदेशमा १९ पालिका, गण्डकी प्रदेशमा ५३ पालिका, लुम्बिनी प्रदेशमा ६० पालिका, कर्णाली प्रदेशमा २८ पालिका र सुदूरपश्चिम प्रदेशमा ३४ पालिकामा अस्पताल बनाउनका लागि भवन शिलान्यास गरिनेछ।

अर्थ मन्त्रालयबाट पहिलो चरणमा ३९६ पालिकालाई पाँचदेखि १५ शैय्याको अस्पताल बनाउनका लागि ६४ अर्ब नौ करोड बजेट पठाइसकेको छ। 

पाँच शैय्याको अस्पतालका लागि ७० लाख, १० शैय्याको लागि ८५ लाख र १५ शैय्याको लागि एक करोड रुपैयाँ पठाइसकिएको मन्त्रालयले जनाएको छ। 

प्रकाशित: Nov 30, 2020| 01:56 सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।