बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनी प्रेस क्लबको अध्यक्षमा नेपाल समयकर्मी केसी

लुम्बिनी प्रेस क्लबको अध्यक्षमा नेपाल समयकर्मी केसी

लुम्बिनी प्रेस क्लबको अध्यक्षमा नेपाल सययकर्मी  नरेश केसी निर्वाचित भएका छन्।
 |  आइतबार, मंसिर १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १४, २०७७

भैरहवा- लुम्बिनी प्रेस क्लबको अध्यक्षमा नेपाल सययकर्मी  नरेश केसी निर्वाचित भएका छन्। क्लबको भैरहवामा सम्पन्न चौथो साधरणसभा तथा तेस्रो अधिवेशनबाट केसी अध्यक्षमा चयन भएका हुन्।

अधिवेशनले उपाध्यक्षमा सम्झना शर्मा, महासचिवमा कमल रायमाझी, सचिवमा शंकरप्रसाद पाण्डे र कोषाध्यक्षमा प्रकाश न्यौपाने चयन भएका छन्।

कार्यसमिति सदस्यमा शम्भु पन्त, रवीन्द्र प्रताप गुप्ता, विवेक विश्वकर्मा, शशि पन्थी, पुनहरि बेल्बासे, विष्णु भट्टराई निर्वाचित भएको निर्वाचन समिति संयोजक अधिवक्ता कुलमणि ज्ञवालीले बताए।

लेखा समिति संयोजकमा राधेश्याम विश्वकर्मा, सदस्यमा शिवकुमार चौधरी 'सचिन', अनुशासन समिति संयोजकमा विन्दुकुमार चौहान, सदस्यमा वीरेन्द्रकुमार मिश्रा र पशुपति यादव निर्वाचित भएका छन्। 

क्लबको तालिम समिति संयोजकमा दीपेन्द्र बडुवाल र सदस्यमा उषा सिंह निर्वाचित भए।

नवनिर्वाचित अध्यक्ष केसीले पत्रकारको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम तथा कार्यक्रमलाई बढी जोड दिने बताए। 
उनले क्लबको निर्माणाधीन अधुरो भवन पूरा गर्ने, पत्रकारको अधिकारका लागि विभिन्न कार्यक्रम गर्ने पनि बताए।

नवनिर्वाचित अध्यक्ष केसी  एक दशकदेखि पत्रकारितामा क्रियाशील छन्। बुद्ध जन्मस्थल लुम्बिनी विकाष कोषको सूचना विज्ञसमेत रहेका केसी पर्यटन पत्रकार महासंघ रुपन्देहीका पनि अध्यक्ष हुन्। 

प्रकाशित: Nov 29, 2020| 14:40 आइतबार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।