बिहीबार, भदौ २५, २०८३

पोखरामा खुल्यो भेन्टिलेटर बैंक  

पोखरामा भेन्टिलेटर सेवा प्रदान गर्नेगरी नेपाल भेन्टिलेटर सर्भिस कास्की गठन भएको छ।
 |  आइतबार, मंसिर १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १४, २०७७

पोखरा- पोखरामा भेन्टिलेटर सेवा प्रदान गर्नेगरी नेपाल भेन्टिलेटर सर्भिस कास्की गठन भएको छ। काठमाडौंमा गठित नेपाल भेन्टिलेटर सर्भिसको शाखाका रुपमा काम गर्ने गरी समिति गठन भएको हो।

कास्की समितिको अध्यक्षमा पोखरा उद्योेग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखे छन्। सदस्यहरुमा डा.सरोज पोखरेल, बाराही ग्रुपका विप्लव पौडेल, गोसेली हाउसका सुनिल गोसेली र पत्रकार रामकृष्ण ज्ञवाली छन्।

किरणलाल श्रेष्ठ सल्लाहकार छन्। आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै नेपाल भेन्टिलेटर सर्भिस कास्कीले काठमाडौंकै विधिविधान अनुरुप काम गर्ने जनाएको छ।

अहिले १ वटा भेन्टिलेटर र ३ वटा हाईफ्लो नोजन क्यानलबाट सेवा प्रवाह गर्न थालेको भेन्टिलेटर सर्भिस कास्कीले भविष्यमा २० वटासम्म पुर्याउने लक्ष्य लिएको छ।

अहिले भेन्टिलेटर वा अक्सिजन दिने क्यानल नभएकाले अस्पतालले बिरामी फर्काउने स्थिति बनेकाले त्यसको अन्त गर्न भेन्टिलेटर सर्भिस आवश्यक भएको महसुस गरिएको सदस्य ज्ञवालीले बताए। 

‘हामीसँग भएका भेन्टिलेटर र हाईफ्लो नोजल क्यानोला आवश्यकताअनुसार अस्पताललाई उपलब्ध गराउछौं र त्यहाँ काम सकिएपछि फिर्ता ल्याउछौँ,’ ज्ञवालीले भने, ‘यसो गर्दा जुन अस्पतालमा आवश्यक हुन्छ, त्यहाँ पठाउन सकिन्छ।’

भेन्टिलेटर लगेबापत अस्पतालहरुले सामान्य शुल्क भने तिर्नुपर्नेछ। सरकारी अस्पतालले प्रतिदिन भेन्टिलेटरको १ हजार र हाईफ्लो नोजल क्यानेलाको ३ सय रुपैयाँ तिर्नुपर्नेछ भने निजी अस्पताललाई ३ हजार र ७ सय रुपैयाँ शुल्क तय गरिएको छ।

आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिइएको हो। अध्यक्ष विश्वशंकर पालिखेले भेन्टिलेटर र अक्सिजनको अभावमा आम मानिसको ज्यान नजाओस् भनेर नीजि क्षेत्रले पहल गरेको बताए। 

रोटरी क्लबले सरकारलाई १५ वटा भेन्टिलेटर उपलब्ध गराउछौँ भन्दा सरकारी निकायले त्यो पनि लिन नसकेको स्मरण गर्दै अध्यक्ष पालिखेले अब भेन्टिलेटर सर्भिस कास्कीलाई सहयोग गर्न आह्वानसमेत गरे। 

प्रकाशित: Nov 29, 2020| 14:31 आइतबार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।