बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एक दिने नेपाल भ्रमण सकेर फर्किए चिनियाँ रक्षामन्त्री वेई

एक दिने नेपाल भ्रमण सकेर फर्किए चिनियाँ रक्षामन्त्री वेई

एक दिने नेपाल भ्रमण सकेर चिनियाँ रक्षामन्त्री वेई फेङ्हे स्वदेश फर्किएका छन्।
 |  आइतबार, मंसिर १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १४, २०७७

काठमाडौं- एक दिने नेपाल भ्रमण सकेर चिनियाँ रक्षामन्त्री वेई फेङ्हे स्वदेश फर्किएका छन्। आइतबार बिहान १० बजे काठमाडौं आइपुगेका रक्षामन्त्री वेई साँझै स्वदेश फर्किएका हुन्।

काठमाडौंमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका छन्।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीसँगको छुट्टाछुट्टै भेटमा दुई देशबीचको आपसी हित, दुई देशबीचको आपसी सम्बन्ध तथा कोरोना नियन्त्रणका लागि चीनको सहयोगलगायतका विषयमा छलफल भएको बताइएको छ।

यस्तै प्रधानसेनापति थापासँगको भेटमा सैन्य सहयोगबारे छलफल भएको थियो। 

प्रकाशित: Nov 29, 2020| 14:15 आइतबार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।