बिहीबार, भदौ २५, २०८३

साढे २ किलो बढी लागुऔषधसहित २ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय बारा र पर्साको संयुक्त टोलीले कोल्हबीबाट साढे दुई किलोभन्दा बढी लागुऔषध अफिमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। 
 |  आइतबार, मंसिर १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १४, २०७७

पर्सा- जिल्ला प्रहरी कार्यालय बारा र पर्साको संयुक्त टोलीले कोल्हबीबाट साढे दुई किलोभन्दा बढी लागुऔषध अफिमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। 

जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गतको लागुऔषध ब्युरो कार्यालयबाट खटिएको टोलीले बारा प्रहरीको सहयोगमा कोल्हबी नगरपालिकाको वडा नं. ६ प्रसौना बजारबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी गराएका छन्। 

पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १६ बस्ने ४५ वर्षका दुर्गा बहादुर मोक्तान र सोही ठाउँका ४५ वर्षकै रवि बहादुर सिजाली छन्।

विशेष सूचनाको आधारमा लागुऔषध ब्युरो कार्यालय बीरगंज र इलाका प्रहरी कार्यालय कोल्हबीको संयुक्त प्रहरी टोलीले अवैध लागुऔषध अफिम बरामद गरेको हो। 

पक्राउ परेको दुई जनालाई बारा जिल्ला अदालतबाट आज ६ दिनको म्याद थप गराई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रकाशित: Nov 29, 2020| 14:02 आइतबार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।