काठमाडौं- नेपाल आयल निगमको ट्याङ्करबाट पेट्रोले चोरी गरी भारतमा लगेर बिक्रि गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले दुई जनालाई काठमाडौंको महाराजगन्जबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा आयल निगमका चालकद्वय बाराका अजय लामा र विकेश लामा रहेको प्रहरीले जनाएको छ।
उनीहरुले इन्डियन आयल कर्पोरेसन बरौनी भारतबाट पेट्रोल लोड गरी आएका ना ७ ख २९९५ र ना ७ ख ३६९६ नम्बरका ट्याङ्करबाट फल्स चेम्वर बनाई पटकपटक इन्धन चोरी गरेको पाइएको थियो।
उनीहरुलाई पक्राउ गरिदिन आयल निगमले गत मंसिर ३ गते प्रहरी महानिरीक्षकलाई नै पत्र पठाएको थियो।
सोही पत्र बमोजिम महानिरिक्षक शैलेश थापा क्षत्रीले सिआइबीलाई अनुसन्धानका लागि आग्रह गरेका थिए।
सिआइबीका प्रवक्ता बेल बहादुर पाण्डेले हाल उनीहरुमाथि ठगीको आरोपमा अनुसन्धान भइरहेको जानकारी दिए।