बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तालिम र शिक्षार्थी आदान प्रदान गर्ने विषयमा चिनियाँ रक्षामन्त्रीसँग छलफल

तालिम र शिक्षार्थी आदान प्रदान गर्ने विषयमा चिनियाँ रक्षामन्त्रीसँग छलफल

चिनियाँ रक्षामन्त्री वेई फेङ्गहे र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाबीच कोरोना महामारीका कारण प्रभावित भएका तालिम र शिक्षार्थी आदानप्रदान कार्यहरु सुचारु गर्ने विषयमा छलफल भएको छ। 
 |  आइतबार, मंसिर १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १४, २०७७

काठमाडौं- चिनियाँ रक्षामन्त्री वेई फेङ्गहे र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाबीच कोरोना महामारीका कारण प्रभावित भएका तालिम र शिक्षार्थी आदानप्रदान कार्यहरु सुचारु गर्ने विषयमा छलफल भएको छ। 

भेटपछि नेपाली सेनाले विज्ञप्ति निकालेर भेटवार्ताका क्रममा भएका छलफलका बारेमा जानकारी दिएको छ।

त्यस्तै भेटवार्तामा विगतमा सहमति भएका सैनिक सहायता प्राप्ति सम्बन्धी प्रगतिको बारेमा पनि कुराकानी भएको छ। आपसी हित तथा द्विपक्षीय सैनिक सहकार्यको सम्बन्धमा पनि छलफल भएको नेपाली सेनाले जनाएको छ।

भेटवार्तामा चिनियाँ प्रतिनिधिमण्डल समक्ष नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाका बारेमा श्रव्य दृश्य सामग्री प्रस्तुत गरिएको थियो।

त्यसअघि उनी जङ्गी अड्डामा आयोजित विभिन्न कार्यक्रमहरुमा सहभागी भएका थिए।

छलफलमा परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो। प्रधानसेनापतिसँगको भेटवार्तापछि चिनियाँ रक्षामन्त्री वेईले उच्चस्तरीय भ्रमण लगायतका द्विपक्षीय सहयोगका कार्यहरु यथाशीघ्र सुचारु गर्ने आश्वासन दिएका थिए।

उनले नेपाली सेनाको कोभिड–१९ महामारीविरुद्धको प्रतिकार्यको सहयोगका लागि प्रतिबद्धता व्यक्त गरेका छन्।

सेनाले यो भ्रमणले दुई देशका सेनाबीच रहँदै आएको सौहार्दपूर्ण सम्बन्धलाई सुमधुर, मजबुत एवम् विस्तार गर्न थप मद्दत पुग्ने विश्वास लिएको छ।

प्रकाशित: Nov 29, 2020| 12:30 आइतबार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।