विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४२१ जना कोरोना संक्रमणमुक्त भएका छन्।
होम आइसोलेसनबाट ३८६, न्यूरो अस्पताल विराटनगरबाट २७, विराट मेडिकल कलेज बुढीगंगाबाट ७ र मेची अस्पतालबाट १ जना संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २२ हजार १८३ पुगेको छ।
प्रदेश १ मा आइतबार १७७ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ६८, झापामा ३८, इलाममा २१, सुनसरीमा १९, संखुवासभामा ८, सोलुखुम्वु र उदयपुरमा ३–३, पाँचथर र ताप्लेजुङमा २–२ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मोरङको विराटनगरमा ५३, सुन्दरहरैचामा ४, बेलबारीमा ३, कटहरी र पथरीशनिश्चरेमा २–२, ग्रामथान, रतुवामाई, बुढीगंगा र स्थानीय तह नखुलेका १–१ जना थपिएका छन्।
यस्तै झापाको झापा गाउँपालिकामा १४, दमकमा ९, अर्जुनधारामा ६, विर्तामोड, भद्रपुर र हल्दिबारीमा २–२, गौरीगञ्ज, कनकाई र गौरादहमा १–१ जना थपिएका छन्।
इलामको इलाम नगरपालिकामा २०, देउमाईमा १, सुनसरीको इटहरीमा १०, इनरुवामा ३, बराहक्षेत्र र देवानगञ्जमा २–२, हरिनगर र दुहवीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ।
उता संखुवासभाको खाँदबारीमा ४, चैनपुर, चिचिला, मकालु र पाँचखपनमा १–१, सोलुखुम्वुको थुलुङ दुधकोशीमा ३, उदयपुरको त्रियुगामा २, चौदण्डीगढीमा १, पाँचथरको फिदिम र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको फुङलिङमा २ र र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा आइतबार ८७१ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ७४ महिला र १०३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म १ लाख ९० हजार ३७३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।