बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सीमा सुरक्षा र अपराध नियन्त्रणमा संवेदनशील हुन सशस्त्रका बाहिनीपतिलाई निर्देशन

सीमा सुरक्षा र अपराध नियन्त्रणमा संवेदनशील हुन सशस्त्रका बाहिनीपतिलाई निर्देशन

गृहसचिव महेश्वर न्यौपानेले सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, राजस्व चुहावट नियन्त्रण, चोरीपैठारी निकासी नियन्त्रणमा संवेदनशील भएर जिम्मेवारी निर्वाहमा लाग्न कमान्डर तहका सशस्त्र प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका छन्।
 |  आइतबार, मंसिर १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १४, २०७७

काठमाडौं– गृहसचिव महेश्वर न्यौपानेले सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, राजस्व चुहावट नियन्त्रण, चोरीपैठारी निकासी नियन्त्रणमा संवेदनशील भएर जिम्मेवारी निर्वाहमा लाग्न कमान्डर तहका सशस्त्र प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका छन्।

बाहिनीपतिका रुपमा सरुवा भई त्यसतर्फ खटिई जान लागेका  उच्च सशस्त्रका अधिकृतहरुलाई आईतबार न्यौपानेले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा आयोजित कार्यक्रममा निर्देशन दिएका हुन्। 

शान्तिसुरक्षा कायम गर्ने कार्यमा आइपर्ने विविध सुरक्षा चुनौती परास्त गर्दै मुलुकको आन्तरिक सुरक्षा कायम राख्न अन्य निकायहरुसँग समेत आवश्यक समन्वय र सहकार्य गर्दै कार्यसम्पादनमा जुट्न पनि निर्देशन दिए। 

‘कार्य क्षेत्रमा आफू मातहतका सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुलाई उचित ढंगले परिचालन गरी निर्दिष्ट लक्ष्य प्राप्तिमा पूर्ण व्यावसायिक भई कार्यसम्पादनमा उत्कृष्ट योगदान पु¥याउने विश्वास व्यक्त गर्दछु,’ उनले भने।

विपद् व्यवस्थापन कार्यमा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीले पुर्‍याएको योगदानको प्रशंसा गर्दै उनले सशस्त्र प्रहरी बलले कोभिड–१९ महामारी नियन्त्रण तथा व्यवस्थापनमा पुर्‍ययाएको योगदान पनि उल्लेखनीय रहेको बताए।
 
 
 कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल राज्य तथा संगठनले लिएको लक्ष्य प्राप्तिका लागि अहोरात्र कार्यक्षेत्रमा कृयाशिल रहिरहेको बताए।
‘संगठनलाई प्राप्त सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, विपद् प्रकोप पीडित नागरिकको उद्धारलगायतका जिम्मेवारीमा परिमाणमुखी कार्यसम्पादनमा सकृयताका साथ क्रियाशील छ,’ उनले भने। उनले प्राप्त स्रोतसाधनलाई अधिकतम उपयोग गर्दै शान्तिसुरक्षा तथा सुशासन कायम राख्दै अनुशासित र इमानदारीकासाथ चेनअफ कमान्डमा रहेर कार्यसम्पादनमा जुट्न बाहिनीपतिहरुलाई निर्देशन दिए। 

प्रकाशित: Nov 29, 2020| 12:09 आइतबार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।