बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रौतहटमा घरेलु मदिरा उत्पादन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

रौतहटमा घरेलु मदिरा उत्पादन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

प्रहरीले अवैध मदिरा उत्पादन गर्ने भट्टी नष्ट गर्दै तीन जनालाई नियन्त्रणमा लिएको छ।
 |  आइतबार, मंसिर १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १४, २०७७

रौतहट- प्रहरीले अवैध मदिरा उत्पादन गर्ने भट्टी नष्ट गर्दै तीन जनालाई नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरिक्षक नरेश महतोको नेतृत्वमा गएको टोलीले राजपुर नगरपालिका वडा नम्बर ५ मा रहेको मदिरा भट्टीहरु नष्ट गरी तीन जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले स्थानीय ४५ वर्षीय रामनाथ पासवान, रामनगरी वस्ने ४५ वर्षीय मोहिद अन्सारी र वडा नं.६ वसन्तपट्टीमा सञ्चालन गरेको घरेलु मदिरा बनाउने भट्टीबाट २५ बर्षीय विरेन्द्र पटेललार्ई नियन्त्रणमा छ। 

प्रहरीले १०० लिटर कच्चा पदार्थ, तयारी अवस्थामा रहेको ३०० लिटर मदिरा, त्यसैगरी, मदिरा बनाउने मेशिन ३ वटा बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

प्रहरीले वडा नम्बर ६ बसन्तपट्टीबाट, कच्चा पदार्थ सात लिटर, तयारी मदिरा दुई सय पचास लिटर, मदिरा बनाउने मेशिन २ वटा समेत गरी जम्मा कच्चा पदार्थ १७ सय लिटर, तयारी मदिरा ५०० पचास लिटर नष्ट गरी घरेलु मदिरा बनाउने मेशिन ५ वटा बरामद गरेको छ। 

पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाइएको छ।

प्रकाशित: Nov 29, 2020| 11:29 आइतबार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।