बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बलात्कारको घटना मिलापत्र गराउने वडाध्यक्षसहित ६ जना पक्राउ

बलात्कारको घटना मिलापत्र गराउने वडाध्यक्षसहित ६ जना पक्राउ

बैतडीमा बलात्कारको घटना मिलापत्र गराउने वडाध्यक्षसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  आइतबार, मंसिर १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १४, २०७७

काठमाडौं- बैतडीमा बलात्कारको घटना मिलापत्र गराउने वडाध्यक्षसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको घटनालाई झैझगडा भएको भनी पीडित किशोरीलाई ललाईफकाई १ तोला सुन दिने प्रलोभन देखाई मिलापत्र कागज बनाउने कार्यमा संलग्न वडाध्यक्षसहित ६ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरुमा सिगास गाउँपालिका–३ का वडाध्यक्ष ४५ वर्षीय शेर सिंह साउद छन्।

यस्तै सोही ठाउँ बस्ने ४० वर्षीय मनोज सिंह धामी, ४० वर्षीय अमर सिंह धामी, सोही गाउँपालिका–३ मैनोला बस्ने ३२ वर्षीय राजेन्द्र सिंह धामी, सोही गाउँपालिका-३ ढुम गाउँ बस्ने ३५ वर्षीय नरेन्द्र भन्ने नर बहादुर धामी र अर्का ३१ वर्षीय पुरुष छन्।

स्थानीय २१ वर्षीय दीपक सिंह धामीले २३ जेठ बिहान ती किशोरीलाई जबरजस्ती करणी गरेका थिए।

घटनाका विषयमा वडाध्यक्ष साउदलाई जानकारी गराउँदा उनले घरमै मिलाउनु पर्ने भन्दै दीपकको कसूर लुकाउन मिलापत्र गरेको खुलासा भएको हो।

मिलापत्र गराएको खुलासा भएपछि जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले मनोज र अमरलाई बिहीबार तथा साउँदसहित अन्य ४ जनालाई शनिबार पक्राउ गरेको हो।

बलात्कार गर्ने दीपक सिंह धामी फरार छन्। उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाका बारेमा आवश्यक अनुसन्धान पनि अघि बढाएको छ।

प्रकाशित: Nov 29, 2020| 11:15 आइतबार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।