बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देशभर एकै दिन आधारभूत तथा सरुवारोग अस्पताल शिलान्यास हुँदै

देशभर एकै दिन आधारभूत तथा सरुवारोग अस्पताल शिलान्यास हुँदै

सोमबार देशभर एकैसाथ सातवटा सरुवारोग अस्पताल तथा आधारभूत अस्पतालको शिलान्यास हुने भएको छ। 
 |  आइतबार, मंसिर १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १४, २०७७

काठमाडौं– भोलि सोमबार देशभर एकैसाथ सातवटा सरुवारोग अस्पताल तथा आधारभूत अस्पतालको शिलान्यास हुने भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार मंसिर १५ मा अस्पताल नभएका विभिन्न स्थानीय तहमा जनसंख्या, बिरामीको दर, आवश्यकता तथा क्षमताका आधारमा ५, १० र १५ शैय्याका अस्पतालको शिलान्यास गरिने कार्यक्रम छ। 

मन्त्रालयबाट आधारभूत अस्पताल भवन निर्माणसम्बन्धी निर्देशिका २०७७ जारी भई अस्पतालको विवरण प्राप्त भइसकेको र बजेट पठाइसकिएको डा. अधिकारीले जानकारी दिए। 

आधारभूत अस्पताल निर्माण गरिने ३९६ स्थानीय तहमध्ये जग्गा प्राप्त भएका सबै अस्पतालको सोमबार एकैसाथ शिलान्यास गर्न र जग्गा प्राप्त नभएकालाई स्थानीय तहले यथाशिघ्र जग्गाको व्यवस्था गर्न मन्त्रालयले भनेको छ। 

सरुवारोग अस्पतालको हकमा भने सातै प्रदेशमा एक–एक वटा अस्पतालको शिलान्यास गरिनेछ। सहप्रवक्ता अधिकारीका अनुसार प्रदेश १ मा सुन्दरहरैंचामा, प्रदेश २ मा बारामा, बागमती प्रदेशमा भरतपुरमा, गण्डकीमा पोखरामा, लुम्बिनीमा कपिलवस्तुको चन्द्रौटामा, कर्णाली प्रदेशमा सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको डोटीमा सरुवारोग अस्पतालको शिलान्यास गरिँदैछ । 

भदौ १३ गते स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अस्पताल नभएका स्थानीय तहमा आधारभूत अस्पताल बनाउने निर्णय गरेका थिए। 


 

प्रकाशित: Nov 29, 2020| 11:10 आइतबार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।