काठमाडौं- बागलुङको गलकोटबाट काठमाडौंका लागि उडेको हेलिकोप्टरमा चिल ठोक्किएको छ।
काठमाडौंका लागि उडेको कैलास हेलिकोप्टर सर्भिसेजको ९ एनए जेजे हेलिकोप्टरमा चिल ठोक्किएको हाे।
चिल ठोक्किएर सिसा फुटेको हेलिकोप्टरलाई नुवाकोटमा सुरक्षित अवतरण गरिएको छ। आकाशमा उडिरहेको हेलिकोप्टरमा अचानक चिल आएर ठोक्किएपछि अगाडिको सिसा पूर्ण रुपमा फुटेको थियो।
गलकोट नगरपालिका– ३ का वडा अध्यक्ष वीरजङ्ग भण्डारी, सोही ठाउँका सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गीता मल्ल सवार हेलिकोप्टरमा चरा ठोक्किएपछि नुवाकोटको बेलकोटगढी गाउँपालिका– ६ मा आकस्मिक अवतरण गरिएको थियो।
वडा अध्यक्ष भण्डारीले उडिरहेको हेलिकोप्टरमा चरा ठोक्किएपछि पाइलटले सुरक्षित अवतरण गराएकाले आफूहरु सुरक्षित रहेको बताएका छन्।