बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राप्रपा अध्यक्ष राणा भन्छन्, राजसंस्था र हिन्दु राष्ट्रको माग सकारात्मक छ

राप्रपा अध्यक्ष राणा भन्छन्, राजसंस्था र हिन्दु राष्ट्रको माग सकारात्मक छ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले आम जनता र युवा पुस्ताको राजसंस्था र हिन्दु राष्ट्रप्रतिको चाहना तार्किक निष्कर्षमा पुर्‍याउन आवश्यक भएको बताएका छन्।
 |  आइतबार, मंसिर १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १४, २०७७

काठमाडौं-  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले आम जनता र युवा पुस्ताको राजसंस्था र हिन्दु राष्ट्रप्रतिको चाहना तार्किक निष्कर्षमा पुर्‍याउन आवश्यक भएको बताएका छन्।

नेपाल र नेपाली बचाउन राजसंस्था र हिन्दु राष्ट्रको जोडदार माग गर्ने जनताको आवाज सकारात्मक र सह्रानीय रहेको अध्यक्ष राणाको भनाइ छ।

‘संवर्धनवादमा अभ्यस्त, जनतामाझको राजनीतिक दल भएबाट राप्रपाले यही जनभावनाको समर्थन र पैरवी गर्दै आएको हो। राष्ट्रहितलाई केन्द्रमा राखेर, राजसंस्था र हिन्दु राष्ट्रप्रतिको जनलहरलाई तार्किक निष्कर्षमा पुर्‍याउनु हामी सबैको कर्तव्य बनेको छ,’ राणाले आइतबार एक सन्देश जारी गर्दै भनेका छन्।

‘यसबीच पद्धतिमाथिकै बहस देशव्यापी बन्नु आश्चर्य भएन। देशका कुनाकुना जनता जागेका छन्। वाक्कदिक्क छन्। विकल्पको खोजीमा छन्। युवा पुस्ता सडकमा आएका छन्। नेपाल र नेपाली बचाउन राजसंस्था र हिन्दु राष्ट्रको जोडदार माग गर्दैछन्, जो सकारात्मक छ, सह्रानीय छ, प्रजातन्त्र अनुकूल छ,’ उनले भने।

परिवर्तन जनचाहनाविपरीत गएको भन्दै राणाले सरकार, सत्तारुढ दल र राष्ट्रपतिको भूमिकासमेत आलोचना गरे। 

‘समावेशिता, समृद्धि, पहिचान, स्थायित्वको नारा थियो तर देश दिनदिनै ओरालो लाग्दो छ। भ्रष्टाचारी देश भनेर सरकारले नयाँ कीर्तिमान राखेको छ। गुटगत, दलगत पक्षधरताले राष्ट्रपतिको गरिमा, निष्पक्षता प्रश्नचिन्हमा छ। सत्तारुढ नेकपा कुर्सी र वैठकको झगडामा लिप्त छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

कुर्सीको अन्तहीन झगडामा लागेर सत्तारुढ नेकपाले कोभिड महामारीप्रतिको जिम्मेवारी चटक्कै भुलेको राणाको आरोप छ।

‘केपी पीकेको अन्तहीन आरोपप्रत्यारोप जनमत, जनहित विपरीत छ। सरकारकै जोडबलमा कोभिड महामारी कुन चरीको नाम हो भन्ने सन्देश प्रवाह गरिएको छ। अब त बेसार र अदुवाको बसिबियाँलो पनि सुन्न छाडियो। दुइ तिहाईको शासन भगवान भरोसामा छ, पूर्ण असफल छ,’ राणाले भनेका छन्।।

उनले धर्म, संस्कृति परम्परा, ऐतिहासिक विरासत, राष्ट्रिय एकतामा आमनेपाली हित सुनिश्चित रहेको स्पष्ट पारेका छन्। 

उनले भनेका छन्, ‘निष्पक्ष अभिवावक संस्था प्रतिको जनचाहना यसै मान्यता अनुकूल छ। राजसंस्था, हिन्दु राष्ट्रप्रतिको उभारले विद्यमान जनचाहना, युवा भावना स्पष्ट गरेको छ।’

प्रकाशित: Nov 29, 2020| 08:33 आइतबार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।