बिहीबार, असोज २२, २०८३

बुद्ध र यती एयरले ल्याए माउन्टेन फ्लाइटको प्याकेज 

आगामी शनिबारदेखि माउन्टेन फ्लाइट सञ्चालन हुने भएको छ। 
 |  आइतबार, मंसिर १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १४, २०७७

काठमाडौं– आगामी शनिबारदेखि माउन्टेन फ्लाइट सञ्चालन हुने भएको छ। 

दुई ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरले माउन्टेन फ्लाइटको लागि प्याकेज सार्वजनिक गरेका हुन्। 

बुद्ध एयरमार्फत ८ हजार ९९९ मा माउन्टेन फ्लाइट गर्न सकिनेछ। बुद्धले ‘बाइ वान गेट वान फ्रि’ प्याकेज ल्याएको छ। जसअनुसार यो मूल्यमा अर्को टिकट निःशुल्क पाइने छ।  पहिलो फ्लाइट आगामी शनिबार अर्थात् २० मंसिरमा हुनेछ। 

यती एयरले पनि २० मंसिरबाटै माउन्टेन फ्लाइट सुरु गर्ने भएको छ। कम्पनीको ‘बाइ वान गेट वान’ अफरअन्तर्गत एउटा टिकट किन्दा अर्को सित्तैमा दिनेछ। 

यतीले माउन्टेन फ्लाइटको मूल्य १३ हजार ४९९ तोकेको छ। यो मूल्य नेपाली र भारतीय नागरिकलाई मात्रै लागू हुने यतिले जनाएको छ।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने फ्लाइटबाट सगरमाथा, मकालु, गौरीशंकरलगायत हिमालशृंखला अवलोकन गर्न पाइनेछ। 

प्रकाशित: Nov 29, 2020| 08:27 आइतबार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्