बिहीबार, भदौ २५, २०८३

पर्सामा फेरि बढ्न थाले कोरोना संक्रमित

पर्सामा पिसिआर परीक्षणको दायरा बढेसँगै कोराना संक्रमितको संख्या पनि बढेको छ।
 |  आइतबार, मंसिर १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १४, २०७७

पर्सा- पर्सामा पिसिआर परीक्षणको दायरा बढेसँगै कोराना संक्रमितको संख्या पनि बढेको छ। नारायणी अस्पतालका अनुसार शनिबार संकलन गरिएको स्वाबमध्ये कोरोनाका थप १६ जना नयाँ संक्रमित थपिएका छन्। 

बारा र पर्साका विभिन्न स्थानहरुबाट संकलन भएको ९६ जनाको स्वाब परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले जानकारी दिएका छन्। 

पर्साबाट ७५ र बाराबाट २१ जनाको स्वाब परीक्षण भएकोमा पर्साका ५ महिलासहित १६ जनामा संक्रमण देखिएको उनले बताए।

थपिएका संक्रमित १० देखि ६४ वर्षसम्मका रहेको र उनीहरुको सिटी भ्यालु २१ देखि ३३ सम्म रहेको डा. चौरसियायले बताए।

संक्रमितमध्ये वीरगन्ज महानगरपालिकाको वडा नम्बर ५ र ३ मा दुईदुई जना, वडा नम्बर १९, १५ र २१ का पनि एकएक जना छन्। यसैगरी वीरगन्जको गण्डकस्थित बयोधा अस्पतालका एक जनामा पनि कोरोना पुष्टि भएको छ।

यसैगरी ठोरी गाउँपालिकाको वडा नम्बर २ का एक जना र कालिकामाई गाउँपालिकाको वडा नम्बर २ का एक जनामा पनि संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा. चौरसियाले जानकारी दिए। 

प्रकाशित: Nov 29, 2020| 07:55 आइतबार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।