बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना नियन्त्रणका लागि सांसदहरुले सचेतना जगाउनुपर्‍यो : राष्ट्रियसभा अध्यक्ष तिमल्सिना

कोरोना नियन्त्रणका लागि सांसदहरुले सचेतना जगाउनुपर्‍यो : राष्ट्रियसभा अध्यक्ष तिमल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सांसदहरुले कोभिड–१९ को न्यूनीकरण गर्न जनतामा सचेतना जागृत गराउन प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन्।
 |  आइतबार, मंसिर १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १४, २०७७

विराटनगर– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सांसदहरुले कोभिड–१९ को न्यूनीकरण गर्न जनतामा सचेतना जागृत गराउन प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन्।

अहिलेसम्म रोगको उपचार र प्रविधि नरहेको हुनाले नियन्त्रणका लागि जनप्रतिनिधिहरुले जनतालाई सूचना प्रविधिको प्रयोग गरी सुसूचित गराउनु आजको आवश्यकता भएको उनले बताए। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश नंं १ सामाजिक विकास मन्त्रालय र राष्ट्रिय सभाद्वारा संयुक्त रुपमा आइतबार विराटनगरमा आयोजित कोभिड–१९ जस्तो महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन्। अध्यक्ष तिमल्सिनाले कोरोना विश्व युद्धभन्दा खतरनाक रहेकोले विश्व स्वास्थ्य संंगठनको मापदण्डलाई पालना गरी मानवीय जीवन र आर्थिक कार्य चलायमान गर्नुपर्नेमा जोड दिए। 

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोरोना रोकथाम एवं उपचारका लागि व्यवस्थित योजनाका साथ प्रदेश सरकारले कार्य गरिरहेको बताए। उनले कारोना नियन्त्रणका लागि जनप्रतिनिधिहरुको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै जनतालाई सचेतना जागृत गराउन जिल्ला, स्थानीय र वडास्तरका कार्य गर्नु पर्नेमा जोड दिए। 

मुख्यमन्त्री राईले कोरोना कहिले नियन्त्रणमा आउँछ भन्ने निश्चित नभएकाले यसबाट आफू, आफ्नो परिबार, समाजलाई बचाउन, सुरक्षित रहन अपनाउनु पर्ने सुरक्षित उपायका बारेमा जनतामा चेतना जागृत नै महत्वपूर्ण रहेको बताए।

प्रदेश १ का सामाजिक मन्त्री जीवन घिमिरेले संक्रमितको उपचारका लागि संघीय सरकार र प्रदेश सरकारको संयुक्त पहलमा उच्च सुविधा सहितको विराटनगर, धरान, झापामा आइसोलेसन निर्माण भइरहेको जानकारी दिँदै जनताको उपचारका लागि निजि क्षेत्रको कोभिड अस्पतालले सरकारको नियमलाई पालना गर्नुपर्ने बताए। 

प्रकाशित: Nov 29, 2020| 07:54 आइतबार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।