बिहीबार, भदौ २५, २०८३

अध्यक्षबाटै बैठक रोक्ने खेल नहोस् : वामदेव गौतम

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतमले बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिन नहुने धारणा राखेका छन्।
 |  आइतबार, मंसिर १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १४, २०७७

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतमले बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिन नहुने धारणा राखेका छन्।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा उनले उक्त धारणा राखेका हुन्। 

‘बैठक बस्दा दुबै अध्यक्षको सहमति हुनुपर्छ भन्नुको अर्थ बैठक वस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्षले पाइन्नँ,’ उनले बैठकमा भने,‘पार्टी विधानमा आवश्यकताबमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीहरुका एकजना सदस्यले औचित्य पुष्टि हुने गरी वैठक वस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँग परामर्श गरी बैठक बोलाउनुपर्छ।’

यस्ता व्यवस्थापनसित सबवन्धित विषयमा पनि विवेक पु¥याउन नसक्नेलाई के भन्नु ? भन्दै गौतमले प्रश्न गरेका छन्।

‘यत्ति व्यवस्था मिलाउन नसक्दा पार्टीमा यति ठूलो समस्या पैदा भयो । बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनुहुन्न,’ उनले भने। 

पार्टी बाहिर छरिएका विचारहरु आजदेखि पार्टीमा भित्रिएको भन्दै गौतमले अब हामीले चाहेमा समस्या समाधान गर्न सक्ने बताएका छन्।

‘किनकी, पार्टीको जीवन कमिटीका बैठकहरुमा हुन्छ र बैठकहरुको जीवन छलफलमा हुन्छ। यस्तो गर्न छोडेको दिनदेखि नै पार्टीको जीवन समाप्त हुन्छ। बैठक वस्न छलफल गर्न शुरु गर्दा साथ पार्टीको पुर्नजीवन शुरु भइहाल्छ,’ उनले भने,‘यो वैठक बस्ने वातावरण बनाउन जो–जसले मिहेनत गर्नुभयो उहाँहरुलाई धन्यवाद छ।’

बैठकमा आफूलाई लागेको कुरा खुला–खुलस्त, बिना लप्पन–छप्पन, मौखिक–लिखित रुपमा विचार राख्नु हुने दुवै अध्यक्षलाई उनले धन्यवादसमेत दिएका थिए।

प्रकाशित: Nov 29, 2020| 05:38 आइतबार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।