बिहीबार, भदौ २५, २०८३

चार महिनामा १६ गैंडा मरे, संरक्षणकर्मी चिन्तित

चुरे पहाड उक्लने क्रममा लडेर घाइते भएको एक सिंगे भाले गैंडाको मृत्यु भएको सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए। 
 |  आइतबार, मंसिर १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १४, २०७७

चितवन- चितवन राष्ट्रिय निकुञ्जमा थप एक गैंडाको मृत्यु भएको छ।

चुरे पहाड उक्लने क्रममा लडेर घाइते भएको एक सिंगे भाले गैंडाको मृत्यु भएको सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए। 

शुक्रबार घाइते भेटिएको अन्दाजी २०/२५ वर्षको भाले गैंडा शनिबार बिहान साढे चार बजे मरेको उनले बताए । 

उक्त गैंडालाई मंसिर १२ गते उद्धार टोली, हात्ती, पशु चिकित्सक र स्थानीय बासिन्दाले उद्धारगरी उपचार गरेका थिए।

योसँगै चितवन निकुञ्ज र यस आसपासको मध्यवर्ती क्षेत्रमा साउनयता १६ वटा गैंडा मृत फेला परेका छन् । यीमध्ये चार गैंडा खाग तस्करीका लागि चोरी सिकारीले मारेका हुन् ।

पछिल्ला वर्षहरुमा बुढो भएर मात्रै नभइ प्राकृति विपत्ति तथा अनेक खाले दुर्घटनामा परेर गैंडा मर्ने क्रम बढ्दो छ । यो वर्ष पनि अवस्था चिन्ताजनक बनेको संरक्षणकर्मीहरु बताउँछन् । 

प्रकाशित: Nov 29, 2020| 05:06 आइतबार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।