बिहीबार, भदौ २५, २०८३

बससँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
 |  शनिबार, मंसिर १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १३, २०७७

दाङ- दाङमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका–२ कुमलगढीमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको रा१ख २११० नम्बरको बस र पश्चिमतर्फ जाँदै गरेको लु४१प २१३ नंको मोटरसाइकल ठोक्किँदा रोल्पा त्रिवेणी गाउँपालिका–९ निवासी २३ वर्षीय किरण पुनको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक पुनको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो।

साथै मोटरसाइकलको पछाडि सवार रहेका सल्यान शारदा नगरपालिका–२ निवासी २१ वर्षीय  लक्ष्मण बोहरोको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ। उनको अवस्था सामान्य छ।

बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

प्रकाशित: Nov 28, 2020| 14:13 शनिबार, मंसिर १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।