बिहीबार, भदौ २५, २०८३

स्टिल उद्योगको भट्टी पड्किँदा ४ जना घाइते

जगदम्बा स्टिल उद्योगको भट्टी पड्किँदा दुई भारतीय र दुईजना नेपाली गरी ४ मजदुर घाइते भएका छन्। 
 |  शनिबार, मंसिर १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १३, २०७७

वीरगंज- जगदम्बा स्टिल उद्योगको भट्टी पड्किँदा दुई भारतीय र दुईजना नेपाली गरी ४ मजदुर घाइते भएका छन्। 

शनिबार बिहान पौने एक बजेको समयमा जितपुर सिमरा उपमहानगरपालिका २ मा रहेको कारखानामा फलाम गलाउने काम भईरहँदा अचानक पड्किँदा त्यहाँ कार्यरत ४ जना मजदुर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

घाइते हुनेमा सर्लाहीको सकरौल गाउँपालिका ६ बस्ने ४० वर्षका विकिन्द्र यादव र बरहथवा नगरपालिका ५ बस्ने २८ वर्षका मुकेश साह रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन्। 

यसैगरी भारतको मोतिहारी जिल्ला बस्ने २६ वर्षका नईमुदिन आलम, र भारत शिवान ग्राम जिल्लाका ४८ वर्षका जनक देव यादव रहेका जनाइएको छ।

घाइतेमध्ये गम्भीर अवस्था रहेका बिकिन्द्रको काठमाडौंमा उपचार भइरहेको छ। बाँकी घाइतेको वीरगंजको नेशनल मेडिकल कलेज र नारायणी अस्पतालमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 28, 2020| 11:47 शनिबार, मंसिर १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।