बिहीबार, भदौ २५, २०८३

प्रदेश १ मा १८० संक्रमित थपिए, ८४ डिस्चार्ज

पछिल्लो २४ घण्टाम प्रदेश १ मा १८० जना कोरोना संक्रमित थपिएका छन्। ७७३ जनाको पीसीआर परीक्षण गर्दा ६८ महिला र ११२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। 
 |  शनिबार, मंसिर १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १३, २०७७

विराटनगर– पछिल्लो २४ घण्टाम प्रदेश १ मा १८० जना कोरोना संक्रमित थपिएका छन्। ७७३ जनाको पीसीआर परीक्षण गर्दा ६८ महिला र ११२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। 

सुनसरीमा ५३, झापामा ४९, मोरङमा ३६, इलाममा १७, पाँचथरमा ६, धनकुटामा ४, उदयपुरमा २, ताप्लेजुङ, तेह्रथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

सुनसरीको धरानमा २५, इटहरीमा २३, दुहवी र रामधुनीमा २–२, भोक्राहानरसिंहमा १, झापाको दमकमा २२, विर्तामोडमा ७, भद्रपुरमा ५, अर्जुनधारामा ४, मेचीनगरमा ३, कनकाईमा २, शिवसताक्षी, बाह्रदशी, कचनकवल, गौरादह र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मोरङको विराटनगरमा १६, कटहरी र सुन्दरहरैचामा ४–४, बेलबारीमा ३, कानेपोखरी, पथरीशनिश्चरे र सुनबर्षीमा २–२, केराबारी, रंगेली र ग्रामथानमा १–१ जनामा संक्रमण देखिएको छ।

उता इलामको सुर्योदयमा १४, इलाम नगरपालिका, देउमाई र चुलाचुलीमा १–१, पाँचथरको फिदिममा ४, मिक्लाजुङ र स्थानीय तह नखुलेको १–१, धनकुटाको धनकुटा नगरपालिकामा ४, उदयपुरको त्रियुगा र वेलकामा १–१, ताप्लेजुङको फुङलिङ, तेह्रथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ हजार ८५९ पुगेको छ। 

प्रदेश १ मा शनिबार ८४ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुने सवै होमआइसोलेसनका रहेका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २१ हजार ७६२ पुगेको छ। 

प्रकाशित: Nov 28, 2020| 11:37 शनिबार, मंसिर १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।