बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा सचिवालय बैठक सम्पन्न, ओली र दाहालका प्रस्तावमा १६ गते छलफल हुने

नेकपा सचिवालय बैठक सम्पन्न, ओली र दाहालका प्रस्तावमा १६ गते छलफल हुने

नेकपाको सचिवालयको आज (शनिबार) बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव पेश गरेपछि १६ गते सम्मका लागि स्थगित भएको छ।
 |  शनिबार, मंसिर १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १३, २०७७

काठमाडौं-  नेकपाको सचिवालयको आज (शनिबार) बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव पेश गरेपछि १६ गते सम्मका लागि स्थगित भएको छ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा पूर्व निर्धारित तालिका अनुसार नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले आफ्नो प्रस्ताव लिखित रुपमा पेश गरेका छन्। उक्त प्रस्ताव अध्ययन् गर्न सचिवालय सदस्यलाई तीन दिनको समय दिइएको छ। र सचिवालयको अर्को बैठक १६ गते दिउँसो १ बजे बस्ने छ।

श्रेष्ठले ओलीको प्रस्ताव अध्ययन नगरिएको हुँदा त्यसमा के छ भन्न नसकिने  बताए। 

आजको बैठकका वक्ताहरुले पार्टीको संकट र समस्यालाई समाधान गर्न छलफल र अन्तरसंघर्षलाई सहि दिशा दिनु जरुरी रहेको बताएको उनले जानकारी दिए। 

प्रवक्ता श्रेष्ठले भने, ‘आजको बैठकमा अध्यक्ष ओली, प्रचण्ड र वरिष्ठ नेता र उपाध्यक्षले पार्टी एकताको रक्षामा जोड दिनुभएको छ। यो बहसले पार्टी एकतामा विचलन पैदा हुने वा फुटको दिशातिर जाने सोच्न हुँदैन भन्ने विचार राख्नु भएको छ।’

आगामी बैठकमा ओली र दाहालका प्रस्तावमाथि छलफल हुने र त्यसलगत्तै  १८ गते बस्ने स्थायी कमिटी बैठक र त्यसपछि बस्ने केन्द्रीय कमिटीको बैठक पनि छलफल गरेर निस्कर्ष निकालिने उनले बताए। 
 

प्रकाशित: Nov 28, 2020| 09:55 शनिबार, मंसिर १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।