सुर्खेत- कालिकोटमा आगलागी हुँदा चार घर चलेका छन्। तिलागुफा नगरपालिका–४ राँचुलीको दलित बस्तीमा शनिबार बिहान आगलागी भएको हो।
आगलागीबाट ११ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
मानवीय क्षति नभए पनि आगलागीमा परेर दुई वटा पशु परेका छन्। स्थानीयको सहयोगमा आगो निभाइएकोछ।
आगलागीको कारण र क्षतिको विवरण संकलन भइरहेको कालिकोटका प्रहरी नायब उपरीक्षक चन्दबहादुर शाहले जानकारी दिए।