काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि आज मतदान भइरहेको छ।
महासंघको ५४ औं वार्षिक साधारणसभाको बन्दसत्र सम्पन्न भएसँगै नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको हो।
६३ पदका लागि १ सय २७ जनाको उम्मेदवारी परेको छ। बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने निर्वाचनका लागि काठमाडौका तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ।
जिल्ला नगरतर्फका लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा, एसोसिएटतर्फका लागि कार्की बेंक्वेट थापाथली र वस्तुगततर्फका लागि महासंघको केन्द्रीय कार्यालय टेकुमा मतदान हुँदैछ।
कोरोना संक्रमित मतदाताहरूका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ।
महासंघको वर्तमान विधानअनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुनेछन्।
वरिष्ठ उपाध्यक्षसहित अन्य बाँकी पदहरूमा मात्र चुनाव हुन लागेको हो। महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान समूहबीच तीव्र प्रतिस्पर्धा हुँदैछ।