काठमाडौं– अर्थपूर्ण रूपमा हेरिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज शनिबार बस्दै छ।
बैठकको पूर्वसन्ध्यामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले एकीकृत प्रतिवेदन बनाउने दिशामा सचिवालयको बैठक अग्रसर गर्न आग्रह गरेका छन्।
सामाजिक संजालमा धारणा राख्दै उनले यस्तो आग्रह गरेका हुन्।
‘म फेरि पनि भन्छु पार्टी एकताको रक्षाका लागि दुबै प्रतिवेदनलाई स्थगित गरेर एकीकृत प्रतिवेदन बनाउने दिशामा सचिवालयको बैठक अग्रसर होस्’, उनले लेखेका छन्।
नेकपाको आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीति दस्तावेजको जवाफसहित आफ्नो प्रतिवेदन पेश गर्दैछन्।