बिहीबार, भदौ २५, २०८३

आइतबार चिनियाँ रक्षामन्त्री नेपाल आउँदै

भारतीय विदेश मन्त्रालयका सचिव हर्षवर्धन शृंगला दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएलगत्तै चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे आइतबार नेपाल आउने भएका छन्। 
 |  शनिबार, मंसिर १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १३, २०७७

काठमाडौं– भारतीय विदेश मन्त्रालयका सचिव हर्षवर्धन शृंगला दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएलगत्तै चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे आइतबार नेपाल आउने भएका छन्। 

स्टेट काउन्सिलर समेत रहेका रक्षामन्त्री फेङ्हे एक दिने नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सहसचिव सेवा लम्साललले नेपाल समयलाई बताइन्।    

एकदिने भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ। चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणमा आउनु एक दिन अघि मात्रै मन्त्रालयले औपचारिक जानकारी गराएको हो। 

भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री फेङ्हेले प्रधान सेनापति पूर्णचन्द्र थापालाई पनि भेट गर्ने कार्यक्रम छ।  फेङ्हे आइतबार नै स्वदेश फर्किनेछन्। 

प्रकाशित: Nov 28, 2020| 03:19 शनिबार, मंसिर १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।