बिहीबार, भदौ २५, २०८३

बुटवलको कोरोना अस्पतालमा दुई जना संक्रमितको मृत्यु

उपचारका क्रममा रहेका दुई जना कोरोना संक्रमितको बुटवलमा मृत्यु भएको छ।
 |  शनिबार, मंसिर १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १३, २०७७

बुटवल– उपचारका क्रममा रहेका दुई जना कोरोना संक्रमितको बुटवलमा मृत्यु भएको छ।  बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका बुटवल उपमहानगरपालिका–७ का ४२ वर्षीय पुरुष र कपिलवस्तुको गोरुसिङ्गे २ का ७४ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको हो।  

बुटवलका पुरुषलाई मंसिर ५ गते कोरोना पुष्टि भएको र उनको शुक्रबार राति करिब साढे ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।  

त्यस्तै गोरुसिङ्गेका पुरुषलाई मंसिर ९ गते कोरोना पोजिटिभ देखिएको थियो। उनको पनि उपचारका क्रममा शुक्रबार राति १० बजेर २० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ। मृतक दुवै जनामा मिर्गौलाको समस्या थियो।  

प्रकाशित: Nov 28, 2020| 02:44 शनिबार, मंसिर १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।