बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रुकुमपश्चिममा जन्ती बोकेको जीप दुर्घटना, चार जनाको मृत्यु

रुकुमपश्चिममा जन्ती बोकेको जीप दुर्घटना, चार जनाको मृत्यु

रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ।
 |  शनिबार, मंसिर १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १३, २०७७

सुर्खेत– रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ। 

दुर्घटनमा मृत्यु हुनेहरूमा आठविसकोट ८ का ६६ वर्षीय सार्के नेपाली, ५१ वर्षीय कलिभान नेपाली, उमेर नखुलेका गोरे नेपाली र ४८ वर्षीय आइते चनारा छन्। त्यस्तै दुर्घटनामा सोही ठाउँका ५८ वर्षीय लालबहादुर नेपाली गम्भीर घाइते भएका छन्।

आठविसकोट नगरपालिका १० घारीखोलाबाट जन्ती लिएर फर्केको रा १ ज ५८९ नम्बरको जीप वडा नम्बर ८ को दाजेमा दुर्घटनामा परेको थियो।

राती  आठ बजेतिर जीप दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ। दुर्घटनापछि चालक आठविसकोट नगरपालिका ९ का २८ वर्षीय डिल्लीबहादुर नेपाली फरार रहेको रुकुपश्चिमका डीएसपी ठगबहादुर केसीले जानकारी दिए। 

चालकको खोजी कार्य भइरहेको केसीले भनाइ छ। जीप सडकबाट करिब एक सय मिटर तल खसेको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 28, 2020| 01:40 शनिबार, मंसिर १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।