बिहीबार, भदौ २५, २०८३

दाहालको प्रस्तावमाथि लिखित प्रतिवाद गर्दै ओली

‘प्रधानमन्त्रीज्यूले आफूमाथि लगाइएका गम्भीर आरोपको प्रतिवादसहित प्रस्ताव पेस गर्दै हुनुहुन्छ,’ उनी निकट एक नेताले भने, ‘प्रस्ताव पेस भएपछि बैठक कसरी अघि बढ्छ भन्ने निष्कर्ष आउला।’
 |  शुक्रबार, मंसिर १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १२, २०७७

काठमाडौं– प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठकमा अर्का अध्यक्ष पुुष्पकमल दाहालको राजनीतिक प्रस्तावको कडा प्रतिवाद गर्ने भएका छन्। 

ओलीले शनिबार बस्ने नेकपाको सचिवालय बैठकमा राजनीतिक प्रस्ताव पेस गर्ने कार्यसूची छ। 

‘प्रधानमन्त्रीज्यूले आफूमाथि लगाइएका गम्भीर आरोपको प्रतिवादसहित प्रस्ताव पेस गर्दै हुनुहुन्छ,’ उनी निकट एक नेताले भने, ‘प्रस्ताव पेस भएपछि बैठक कसरी अघि बढ्छ भन्ने निष्कर्ष आउला।’

ओलीले आफू निकटका सचिवालय सदस्य, स्थायी कमिटी सदस्य, आफ्नो सचिवालयका सदस्यहरुको परामर्शमा प्रस्ताव तयार गरेका हुन्।

२८ कात्तिकको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष  दाहालले १९ पृष्ठ लामो दस्तावेज पेस गरेका थिए। 

दस्तावेजमा पार्टी र सरकार सञ्चालन गर्न नसकेको भन्दै ओलीमाथि गम्भीर आरोप लगाइएको छ। यस्तै दाहालले घुमाउरो पारामा ओलीलाई पदबाट राजीनामा गर्न दबाब दिएका छन्।

दाहालको दस्तावेजलाई ओली समूहले आरोपपत्रका रुपमा अथ्र्याएको छ। प्रस्तावकै कारण पार्टी विवाद तल्लो तहसम्म पुगेको छ। 

दाहालको प्रस्तावका कारण ३ मंसिरमा तोकिएको सचिवालय बैठक अन्योलमा परेको थियो। तर, दोस्रो तहका नेताहरुको सक्रियतापछि बैठक बसे पनि ठोस निर्णय केही भएन। 

बैठकमा ओलीले आफूले पनि राजनीतिक प्रस्ताव पेस गर्ने बताएपछि दिएको १० दिन भोलि सकिँदै छ। 

दस दिनपछि बस्न लागेको सचिवालय बैठकमा ओलीले राजनीतिक प्रस्ताव पेस गर्न लागेका हुन्। त्यसैले यो बैठकलाई निकै अर्थपूर्ण मानिएको छ।  

यता दाहाल–नेपाल समूह भने ओलीले ल्याउने प्रस्तावपछि थप रणनीतिमा जुट्ने तयारीमा छ। 

‘अहिले नै कस्तो रणनीति भन्ने तय गरिएको छैन,’ दाहाल निकट एक नेताले भने, ‘अध्यक्ष ओलीबाट कस्तो प्रस्ताव आउँछ। त्यसमा समावेश भएका विषयवस्तुको अध्ययन गरेपछि रणनीति अघि बढ्छ।’

दोस्रो तहका केही नेता भने प्रधानमन्त्री ओलीले राजनीतिक प्रस्ताव ल्याएपछि विवाद झनै चर्किन सक्ने बताउँछन्। 

विवाद समाधानका लागि मध्यमार्गी भएर दुवै अध्यक्षसँग भेटघाट र छलफलमा जुटेका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले प्रधानमन्त्रीको प्रस्ताव आइसकेपछि विवाद थप चर्किने बताए। 

‘प्रस्ताव आइसकेपछि बहस हुन्छ। यसअघिको प्रस्तावको प्रतिवाद गरेरै प्रस्ताव आउँछ,’ उनले भने, ‘प्रतिवाद गरेर आएपछि बहस त हुन्छ नै।’

ओली समूह क्रूद्व

दाहाल–नेपाल पक्षले तल्लो कमिटीसम्म प्रस्ताव बुकलेटका रुपमा पठाएपछि ओली समूह क्रूद्व बनेको छ।

ओली निकटका ती नेताका अनुसार बैठकमा तल्लो कमिटीसम्म दाहाल–नेपाल समूहले बुकलेट बनाएर पठाएको विषय पनि प्रमुख रुपमा उठ्नेछ। 

स्थायी कमिटी सदस्य गजुरेल पनि भोलिको बैठकमा छपाएर तल्लो कमिटीसम्म पठाइएको प्रस्तावको विषयले पनि प्रवेश पाउने बताउँछन्। 
दाहाल–नेपाल पक्षले राजनीतिक प्रस्ताव, अध्यक्षलाई बैठक राख्न बहुमत सचिवालय सदस्यहरुले बुझाएको पत्र र दुवै अध्यक्षले एकअर्कालाई लेखेको पत्रसमेत समेटेको बुकलेट तल्लो कमिटीसम्म पठाएका छन्। 

ओली निकट नेकपा प्रदेश २ का अध्यक्ष एवम् स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले नेपाल समयसँगको कुराकानीमा दाहाल–नेपाल समूहका गतिविधि पार्टीमा नबस्ने योजनाका साथ आएका बताए। 

‘उनीहरुले जस्ता गतिविधिहरु जारी राखेका छन्, यो प्रस्ट रुपमा विभाजनको संकेत हो,’ उनले भनेका छन्, ‘अब उनीहरुलाई देवत्वकरण गर्नुपर्ने र मान्नुपर्ने आवश्यकता छैन।’

कार्यकारी अध्यक्ष दाहालले प्रस्ताव ल्याइसकेपछि दुई अध्यक्षबीच सहमतिको वातावरण बनाउन नेकपाभित्रका दोस्रो तहका नेताहरु सक्रिय बनेका थिए। तर, उनीहरुको यसपटकको सक्रियता भने त्यति सार्थक बन्न सकेन। नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, घनश्याम भुसाललगायतले ओली–दाहालबीच सहमतिका लागि गरेको प्रयास सार्थक हुन नसकेको हो। 


ओली–दाहालबीच बोलचालै बन्द
सहमतिको वातावरण बनाउन नेताहरुले दुई अध्यक्षबीच संवादको प्रयाससमेत गरेका थिए। तर, ३ मंसिरको सचिवालय बैठक यता प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच प्रत्यक्ष भेटवार्ता र टेलिफोनमा पनि कुनै संवाद हुन सकेको छैन।

पटक–पटक ओलीसँग भेटवार्ता गरेर पार्टीभित्र देखिएको समस्या समाधानका बारेमा छलफल गर्दै आएका दाहालले पछिल्लो समय नभेट्ने अडान लिएपछि दुवै अध्यक्षबीच संवाद बन्द भएको हो।

दाहालका प्रेस संयोजक विष्णु सापकोटाले पनि ३ मंसिर यता दुई अध्यक्षबीच संवाद नभएको बताए। 

दाहालले प्रधानमन्त्री ओलीसँग एक्लै छलफल नगर्ने र जे जे छलफल हुन्छ पार्टी कमिटीकै बैठकमा गर्ने अडान राखेका छन्। 
 

प्रकाशित: Nov 27, 2020| 13:30 शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।