बिहीबार, भदौ २५, २०८३

दाहालको ‘नयाँ राजनीतिक विश्लेषण’ पुस्तक सार्वजनिक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको नयाँ राजनीतिक विश्लेषण पुस्तक सार्वजनिक भएको छ। 
 |  शुक्रबार, मंसिर १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १२, २०७७

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको नयाँ राजनीतिक विश्लेषण पुस्तक सार्वजनिक भएको छ। 

दाहालले २०७४ देखि २०७७ सम्म विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ताहरुको सङ्ग्रहका रुपमा उक्त पुस्तक सार्वजनकि भएको हो। सञ्चारमाध्यममा प्रकाशित अन्तर्वार्ताहरुको संगालो प्रस्तुत पुस्तकले तत्कालीन राजनीतिक परिस्थिति र परिघटना बुभ्mन मद्दत गर्ने पुस्तक प्रकाशक प्रज्ञा स्मृति प्रतिष्ठान, नेपालले जनाएको छ।

दाहालको अन्तर्वार्ताहरुको संगालो राजनीति शास्त्रका विद्यार्थी, नेपाली समाज र राजनीतिमा अनुसन्धान गर्न चाहने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता र नेपाली राजनीतिका बारेमा चासो राख्ने सबैका लागि उपयोगी हुने प्रकाशकले विश्वास लिएको छ।

पुस्तक प्रकाशनका निम्ति अहोरात्र खटिने पार्टीका नेता, कार्यकर्ता र सचिवालयका सम्पूर्ण सदस्यहरुमा अध्यक्ष दाहालले धन्यवाद दिएका छन्।

विभिन्न समयमा तात्कालिक विषयहरुमा पार्टीका धारणा र वर्तमान राजनैतिक परिस्थितिका बारेमा अन्तर्वार्ता लिएर नयाँ राजनीतिक विश्लेषण र विचार निर्माणमा प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग पु¥याउने सञ्चारकर्मीलाई पनि उनले आभार प्रकट गरेका छन्।

पुस्तकमा विस्तृत शान्ति सम्झौताको जगमा अन्तरिम संविधानदेखि संविधान सभासम्म, राजतन्त्रको अन्त्यदेखि गणतन्त्रको स्थापनासम्म, हतियार व्यवस्थापनदेखि सेना समायोजनसम्म, संविधान सभाबाट समानुपातिक समावेशी प्रतिनिधित्व सहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान निर्माणमा खेलेको महत्वपूर्ण भूमिका लगायतका बारेमा दाहालले दिएका अन्तर्वार्ताका विषयहरु समावेश गरिएका छन्। 
 

प्रकाशित: Nov 27, 2020| 12:34 शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।